काठमाडौं- सार्वजनिक हुन अघि नै मौद्रिक नीति सञ्चारमाध्यममा ‘लिक’ भएपछि अर्थ मन्त्रालयमा हङ्गामा भएको छ ।
सञ्चारमाध्यममा मौद्रिक नीति प्रकाशित भएसँगै अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर जानकारी माग गरेका हुन् । जवाफमा गभर्नर अधिकारीले यसबारेमा बुझेर खबर गर्ने बताएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्री शर्माले यसबारे अर्थ सचिवसँग पनि सोधपुछ गरेका छन् ।
राष्ट्र बैङ्कको सञ्चालक समितिमा गभर्नर अध्यक्ष रहन्छन् भने सदस्य सचिवमा अर्थ सचिव रहन्छन् । सदस्यहरुमा दुई जना डेप्यूटी गभर्नर र सरकारले नियुक्त गर्ने तीन जना सदस्यहरु रहन्छन् ।राष्ट्र बैङ्कको मौद्रिक नीति सरकारले प्रस्तुत गर्ने बजेट जस्तै हुने भएकाले सार्वजनिक हुन अगावै लिक भएपछि यसले अर्थतन्त्रमा ‘असर’ गर्ने आर्थिक क्षेत्रका जानकारहरु बताउँछन् ।
यता, राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकालले भने मौद्रिक नीति लिक नभएको दाबी गरे । ‘केहीबेरमा सार्वजनिक भइ नै हाल्छ । सार्वजनिक भएको तथ्याङ्कसँग कति मिल्छ कति मिल्दैन हेर्नुहोला नि,’ ढकालले भने ।


विश्व खबर 


















