images
images
  • हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको कार दुर्घटनाः एकको मृत्यु, दुई जना घाइते

    सर्लाही– हुलाकी राजमार्गअन्तर्गत पर्सा गाउँपालिका- २, सङ्ग्रामपुरमा भारतीय नम्बरको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना घाइते भएको स्थानीय प्रहरीले जनाएका छन् ।

    बीआर-०६-बीएक्स ०४३५ नम्बरको कार दुर्घटना हुँदा महोत्तरीको गौशला नगरपालिका-५, जिरोमाइल बस्ने २४ वर्षका कार चालक विकल साहको मृत्यु भएको हो ।

    दुर्घटनापश्चात गम्भीर घाइते भएका साहलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

    घटनामा सोही कारमा सवार अन्य दुई युवक घाइते भएका छन् । जसमा महोत्तरीको गौशला नगरपालिका- ४ का २३ वर्षीय शम्भुनाथ कुमार साह र अन्दाजी २२-२३ वर्षका शुभमकुमार शर्मा घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images