काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गरेका ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द संसद् सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको आजको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको बैठकमा एक सांसदले अर्का सांसदलाई अमर्यादित र असंसदीय शब्द बोलेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेको थियो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद मातृकाप्रसाद यादवले सांसदलाई इङ्गित गर्दै ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रयोग गरका थिए। उनले बोल्ने बित्तिकै प्रमुख सचेतक भट्टराईले बिहबिारको बैठकमा पनि नियमापत्ति गर्दै उक्त शब्दावली संसद्को रेकर्डबाट हटाउन माग गरेकोमा सभामुख सापकोटाले ध्यानाकर्षण भएको जनाएको थियो ।
प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले आसनग्रहण नगरी उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले प्रमुख सचेतक भट्टराईलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएको थियो ।
उनको भनाइपछि सभामुख सापकोटाले भने, “नेकपा (माओवादी केन्द्र) का सांसद मातृकाप्रसाद यादवले बिहीबार बोल्ने क्रममा प्रयोग गर्नुभएको ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रतिनिभिसभा नियमावलीको नियम २१ को खण्ड (ङ) को प्रतिकूल हुने भएकाले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।”


विश्व खबर 


















