images
images
  • स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न सांसद आशाकुमारी विकको माग

    काठमाडौं- सांसद आशाकुमारी विकले स्थानीय जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गरेकी छिन् ।

    बिहिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विकले स्थानीय तहका जनप्रतिनिधिको आर्थिक स्तर ठूलो मात्रामा बढेको गुनासो आएको बताउँदै जनस्तरमा नेता र जनप्रतिनिधीको उपनाम नै भष्टाचारी भएको उल्लेख गरिन् ।

    परमादेशबाट आएको सरकारले सुरुवाती काम राम्रो नगरेपनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै उनले भनिन्– ‘हनिमुन अवधिमै स्थानीय जनप्रतिनिधि, प्रदेशका जनप्रतिनिधि र संघका जनप्रतिनिधीको सम्पत्तिको देउवा सरकारले छानविन गरोस भन्ने माग गर्दछु ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images