images
images
  • ६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्नपर्‍यो :जीपछिरिङ लामा

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले ६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।

    बिहीबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

    ‘जेष्ठ नागरिकले भत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्यो । हामीहरु यहाँ (शहर) बसेकोको त उपचार गर्न सक्दैनौं । पहाडमा बस्नेले उपचार कसरी पाउँछ रु त्यसकारण ६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्नपर्‍यो’ सांसद लामाले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images