काठमाडौं-यती एअरलाइन्सले बडादशैंलाई मध्यनजर गर्दै जाने उडानको भाडामा माथिल्लो वर्ग (अपर क्लास) को भाडा बन्द गरेको छ ।
दशैंका बेला फर्कने उडान खाली हुने तथा इन्धन खर्च अत्यधिक हुने भए तापनि जाने यात्रुको चापलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीले जनाएको छ । फर्कने उडानमा भने न्यून मूल्यमै भाडा उपलब्ध गराइरहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार संसारका विभिन्न भागमा भएको युद्धका कारण यस वर्ष हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ बाट बढेर २४९ पुगेको छ, जुन हालसम्मकै महँगो हो । यही कारण गत वर्षझैं सुलभ दरमा भाडा उपलब्ध गराउन नसकिएकोमा कम्पनीले दुःख व्यक्त गरेको छ ।
यती एअरलाइन्सले बडादशैं २०८३ को अवसरमा सम्पूर्ण यात्रु तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको हार्दिक शुभकामना पनि व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















