काठमाडौं– सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडियन लेखिका एन्न कार्सनलाई ‘शास्त्रीय परम्परासँगको रोचक संवादमार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनको साहसिक र नवीन कृतिहरूका लागि’ प्रदान गरिएको छ ।
एन्न कार्सनले आफ्नो जीवनभरि कविता लेखनलाई अनुवाद कार्य र विभिन्न विश्वविद्यालयहरूमा अध्यापन गराउनेसँगै अगाडि बढाएकी छन् । उनका प्रायः सबै साहित्यिक सिर्जनाहरू भाषाशास्त्रीको शब्दप्रतिको लगाव र कविको नयाँ अर्थ खोज्ने चाहनाबीचको सङ्गममा केन्द्रित रहेका हुन्छन् ।
उनी स्वयम्ले आफ्ना शब्दहरूको व्युत्पत्तिलाई आफ्नो सम्पूर्ण सिर्जनाको प्रस्थानविन्दु मानेकी छन् ।
कार्सनको जन्म सन् १९५० मा क्यानाडाको राजधानी टोरन्टोमा भएको हो । सन् १९८१ मा उनले शास्त्रीय अध्ययनमा Odi et Amo Ergo Sum शीर्षकमा आफ्नो विद्यावारिधि शोधप्रबन्ध प्रकाशित गरेकी थिइन् । उनका प्रायः सबै साहित्यिक सिर्जनाहरू भाषाशास्त्रीको शब्दप्रतिको लगाव र कविको नयाँ अर्थ खोज्ने चाहनाबीचको सङ्गममा केन्द्रित रहेको पाइन्छ ।
उनले शास्त्रीय ग्रीक भाषाबाट गरेका अनुवादहरूलाई आफैंमा स्वतन्त्र कृतिका रूपमा मान्न सकिन्छ। यीमध्ये सापफो (Sappho) का कविताका अंशहरूको उनको व्याख्या If Not, Winter (सन् २००२) का साथै सोफोकल्सको Electra (२००१) र Antigone (२०१५) तथा युरिपिडिजको Bakkhai (२०१५) जस्ता वियोगान्त नाटकहरू रहेका छन् ।
आफ्नो लामो निबन्ध Eros the Bittersweet (१९८६) मा कार्सनले आफ्ना पछिल्ला साहित्यिक यात्राको जग बसालेकी थिइन् ।


विश्व खबर 



















