images
images
  • नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा

    काठमाडौं- नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन्। सरकारले साउन १९ गते सोधेको स्पष्टीकरणको जवाफ नदिएका भट्टराईले अन्तत: राजीनामा दिएका हुन् ।

    सरकारले उनलाई आचरण र अनियमितताको आरोप लगाउँदै स्पष्टीकरण सोधेको थियो। सरकारले पूर्वाग्रह साँधेको भन्दै उनले स्पष्टीकरण नदिने बताएका थिए। उनले आफूले गरेका कामको विवरण पनि सार्वजनिक गरेका थिए।स्रोतका अनुसार सरकारले हटाउने नै भएपछि बुधबार उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

    ओली नेतृत्वको सरकारबाट २०७७ जेठ २८ गते नियुक्त उनी असार ४ गतेदेखि महाप्रबन्धक रहँदै आएका थिए। उनले नेपाल रेलवेको महाप्रबन्धक पदमा नियुक्त भएदेखि नै इमानदारीपूर्वक काम गरी मृतप्रायः अवस्थामा रहेको रेलवे कम्पनीलाई पुुनर्जीवन दिएको दाबी गरेका छन्।

    जनताविरुद्ध विभिन्न अवाञ्चित स्वार्थहरूको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरूको सहयात्री र मुकदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागू हुनेगरी नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छु, राजीनामा पत्रमा भट्टराईले भनेका छन् ।

     

    rajinama Patra

    प्रतिक्रिया दिनुहोस्
    images
    images