images
images
  • राष्ट्रियसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । संघीय संसद् अन्तरगतको राष्ट्रिय सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।

    आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘रेल्वे विधेयक, २०७६ माथि छलफल गरियोस’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ ।

    ‘रेल्वे विधेयक, २०७८ लाई पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको सचिवालयले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘प्रत्यायन 9एक्रिडिटेशन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको बताएको छ । यो विधेयक पारित गर्नका लागि पनि आजै प्रस्ताव प्रस्तुत गरिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images