images
images
  • काठमाडौं उपत्यकामा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन रोक

    काठमाडौं- काठमाडौं  उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ ।

    बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनले  बताए ।  थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images