images
images
  • जाली मुद्दा र परमादेशबाट प्रधानमन्त्री भएको होइन : ओली

    काठमाडौं- पूर्व प्रधानमन्त्री एबं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाली मुद्दा र परमादेशबाट प्रधानमन्त्री नभएको बताएका छन्। प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक संसदमा बोल्दै भने, ‘म जाली मुद्दा र परमादेशबाट प्रधानमन्त्री भइएको होइन जनादेशबाट प्रधानमन्त्री बनेको हु ।’

    यस्तै ओलीले आफू असाधारण जनमतका साथ मूलढोकाबाट शक्तिमा फर्किने दावी पनि गरेका छन् । ओलीले भने, ‘म यो देश र यस देशका जनताको सेवाको निम्ति जन्मिएको जस्तो लाग्छ । म प्रधानमन्त्री बन्न जन्मिएको होइन । काम गर्दै जाँदा भएँ । म ६४ वर्षसम्म त प्रधानमन्त्री थिइनँ । भइयो । प्रधानन्त्रीबाट हट्दा भनेको थिएँ । म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु । फेरि पनि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ मुलबाटो, मूल गेट मूल ढोकाबाट फेरि पनि प्रवेश गर्छु ।’

    ओलीले थपे, ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर जनताले मत दिएर हो । म विभिन्न नेताका महत्वाकांक्षा, ईर्श्‍या, जलन आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन । उछिट्टएर प्रधानमन्त्री पद मेरो भागमा आएको होइन । जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । म परमादेशबाट होइन जनदेशबाट भएको हो । र, प्रधानमन्त्रीबाट हट्दा मलाई कुनै चिन्ता छैन ।’

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images