images
images
  • विनयी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व)– जिल्लाको बिनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो । उक्त बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् ।

    दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोट, भेरीगंगा नगरपालिका–३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् भने अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको छ ।

    घाइते हुनेमा
    १. जिल्ला गोरखा, गो.न.पा.–०९ बस्ने वर्ष ३० को हरिशरण थापा,
    २. जिल्ला अछाम मंगलसेन न.पा. ६ बस्ने वर्ष २८ को तेजेन्द्र प्रसाद भण्डारी,
    ३. जिल्ला बर्दिया ठाकुरबाबा न.पा. १ बस्ने वर्ष २० की आकृती,
    ४. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा. ५ बस्ने वर्ष ३२ को पवन बुढा,
    ५. जिल्ला बर्दिया राजापुर न.पा. ९ बस्ने वर्ष २८ को सञ्जय थारु,
    ६. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा.१ बस्ने वर्ष २५ को प्रेम बम,
    ७. जिल्ला ललितपुर कुञ्जय सोमपाक गा.पा. वडा नं ५ बस्ने वर्ष २९ को अनोज खत्री,
    ८. जिल्ला बर्दिया बाँसगढी न.पा. ७ वर्ष ३६ को लाल बहादुर कार्की,
    ९. जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा. १६ बस्ने वर्ष ४८ को अस्लाम भगवान,
    १०. जिल्ला सल्यान वनगढ कुपिण्डे न.पा. १ बस्ने वर्ष २१ को अनिल बुढाथोकी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images