images
images
  • बेपत्ता शुकान्तलको ३७ बर्षपछि परिवारसँग पुर्नमिलन

    काभे – २०७६ भदौ २९ मा एक दैनिक पत्रिकामा ‘मेरो घर ठेगाना पत्ता लगाइदिनुस्’ शिर्षकको समाचार प्रकाशन भएसँगै शुकान्त शर्माको खोजी सुरुवात भएको थियो । उनको खोजीमा सुरु भएको थियो शुकान्तले पत्रकारलाई भेटेर उनको पीडाको समाचार प्रकाशन गर्न भनेका थियो । समाचार प्रकाशन भएको लामो समयसम्म पनि शुकान्तले मिडिया गुहार्न छोडेनन् ।

    उनी निरन्तर आइरहे आफ्नो पीडा सुनाइरहे दुख पोखिरहे । उनले भने, ‘कोही संसारमा किन हराउँछ रु के संसारमा हाराइएको हर चीज फर्केर आउँछ रु, के हराए पछि हामीले आफ्नो अस्तित्व खोजी गर्दैनौँ , के हराईएको कुरा झण्डै ४ दशक पछि भेटिनु भनेको जीवनको आशा जीवितै भेटिनु होइन रु अब त यो जगत साँघुरो भई सक्यो हराएको कुरा पनि आशा नमार्ने हो भने त्यो एकदिन अबस्य फिर्नेछ, संसारमा बा–आमा र समय फर्केर आउने छैनन्, त्यो बाहेक हर कुरा फर्की फर्की आउने छ तपाईंले आशा जीवितै राखेको खण्डमा आशाले पनि हामीलाई जीवितै राख्दो रहेछ ।’ यहाँ आशा, विश्वास र भरोसा मरेकाहरुको ज्यूँदो लाशहरु बग्रेल भेटिन्छन् । अब तिनीहरूले शुकान्तको जीवन कथाबाट सिक्नु जरुरी छ । माया मारिसकेको, आशै मारिसकेको र अलिकति कुनामा आशा ज्यूँदो रहनुमा निकै फरक पर्दो रहेछ । कोही मानिस आफ्नो घरपरिवारबाट निस्केर आफू महिनौँ दिन हराएको हुँदो हो त उसले के हो परिवार भन्ने महसुस गर्न सक्नेछ ।

    अझै कतै भीडमा केही घण्टा पंक्तिकार आफै हराएको होस्, तब ऊसँग सूचनाको कुनै कुराको पनि ज्ञान नहोस त अनि कल्पना गर्न थाल्नेछु शून्यता भित्र आफ्नो अस्तित्व कहाँ हुँदो हो भनेर । समयका सुईहरू खाली एउटै बिषय खोज्दै बषौँ बित्दछ, तब पनि भेटिन सकिँदैन, पाउन सकिँदैन भने तब आशा भित्रको मष्तिष्कको ठाउँलाई मृगतृष्णाले नकरात्मक दिशा तिर धकेलिदिन्छ । तर, हामी आशावादी रहन जरुरी छ । व्यक्तिले आशा गर्न छोड्यो भने ऊ डुब्न थाल्छ । विश्व प्रख्यात अंग्रेजी गायक जन लेननले भनेझैँ अब आशाका किरणहरू मात्रै शर्माको होइन किरणले मनग्य ताप र उज्यालो पनि दिन थालेको छ । किन भने त्यसरी लेन्नन् ले भने झै उनले आशालाई जीवितै राखिरहे तब त्यसैबाट आज ऊर्जा मिलेको छ ।

    होटेलबाट बिदा भइ घर फर्कने तयारीमा शुकान्त

    उमेरले ४१ वर्ष पुगेका शुकान्त शर्माको जीवनले कयौँ परिस्थितिहरू भोगेको छ भने कयौँ गल्ली र गल्छेडा पार गरेको छ । जुन हामीलाई सम्झँदा मात्रै कहाली लाग्न सक्छ भने कोहीलाई कतै फिल्मीको कथा जस्तो लाग्न सक्छ । तर, आफूले भोगेको जीवनप्रति शर्मा भन्छन्, ‘मैले भने झै यो दिन आयो मेरो एउटै लक्ष्य पूरा भएको छ, म निकै खुशी छु, तर मैले काभ्रे र तपाईहरुलाई कहिल्यै भुल्ने छैन ।

    किन भने मेरो विगत नै मेरो आधा जीवन हो । आधा आधा गर्दै मैले पूरा जीवन किस्तामा पाएँ ।’ शब्द चयन र बोल्नमा त्यति प्रष्ट नहुने शुकान्तको स्वर अहिले प्रष्ट र मधुर छ । मिलनले शक्ति मिलेको र अनुहारको चमक बढेको छ ।

    मेरो विहेको समय राखेका हौ: होटेल समहुनी

    काभ्रे बनेपाको चारदोबाटोस्थित एक होटलमा काम गर्दै आएका शुकान्तबारे होटलकी साहुनी भन्छिन्, ‘सुकान्त २५ वा २६ वर्ष अघि बनेपामा आएका हुन्, मेरो विहे भएको साल काम गर्न राखेका हौँ, तर बिच बिचमा घर जान्छु भन्दै २–३ वर्ष जति बसे पनि उनी अन्तत हाम्रो मा नै आउने गरेका छन्, हामीले सोध्दा भन्थे म घर जान्छु, घरमा मेरो श्रीमती पनि छन्, एक सन्तान पनि छन्, तर उनको कुरा विश्वास लाग्न छोड्यो ।’

    अहिले उनले भन्छन्, ‘त्यतिबेला म परिवार र घर ठेगाना भेटिन्छ कि भनेर खोज्न गएको थिएँ, तर कतै पत्ता लागेन ।’ अनि हरेक शाल जसो निराश भएर यतै आउने गरेको शुकान्त बताउँछन् । यसरी भेटियो उनको घर सात वर्षको उमेरमासु आफ्ना बुवासँग ३४ वर्ष अघि उपचारका क्रममा दिल्ली पुगेका वालिङ–५ पित्लेकका शुकान्त लामिछाने पिसावमा समस्या देखिएपछि दिल्लीमै उपचार गर्ने र उतै अध्ययन गर्ने सोचसहित बुवासँग गएका शोभाकान्त लामिछाने ९शुकुन्त शर्मा० ले आफ्नो घर खोजीको लागि मीडिया मार्फत सूचना प्रवाह गरिरहे ।

    यस्तैमा सो समाचारको छोटो परिचयसहित तपाईं हाम्रो साप्ताहिकको प्रकाशक बुद्ध कुमार श्रेष्ठले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायसँग कुरा गरी सो सूचना उपाध्यायको फेसबुक पेजबाट प्रसारित भए पछि सोही पोष्टको आधारमा परिवारका आफन्त सम्पर्कमा आएका थिए । करिब ७ वर्षको उमेरमा बुवासँगै दिल्ली गएको बेला चिनेकै मान्छेले काममा लगाइदिन्छु भनेर लगेको र त्यही बेलादेखि नै सम्पर्कमा नभएको परिवारले जनाएको छ । बुवा–छोरा दुवै जना अलि सोझो खालको र काम लगाइदिएको ठाउँको ठेगाना, सम्पर्क नम्बर पनि नराखेकाले यस्तो समस्या आइपरेको प।िवार बताउँछन् ।

    हराएका शूकान्त परिवारको जेठो सन्तान हुन् । सानै उमेरमा बेपत्ता भएकाले पनि उसले यहाँको ठाउँको नाम भन्न नजानेको कारणले पनि यति धेरै वर्ष लागेको हो । दाजु पूर्णचन्द्र लामिछानेले भने काठमाडौंमा रहेका आफन्तसहित पुगेर भाइलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएर फर्किएको र सोमबार ९आज० स्याङ्जा वालिङबाट आमा र भाइहरु आएपछि प्रक्रिया पूरा गरी घर लगिएको दाजु पूर्णचन्द्रले बताए ।

    दिल्लीबाट हराएका सुकान्त परिवार खोज्न भनी नेपाली साथी हरुसँग नेपाल त आए तर, लामो संघर्ष र पछि मात्रै उनले घर भेट्न सफल भए । उनी त्यस यता बनेपाको चर्चित होटल लामचाकोमा काम गर्दै आईरहेका थिए । होटल मालिकले पनि शुकान्तलाई आफ्नो परिवारको सदस्य जतिकै गरी माया दिइरहेको बताउँछिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images