images
images
  • जापानमा आँधीको खतरा : सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह

    काठमाडौं । जापानका विभिन्‍न ठाउँमा आँधीको रहेकाले ती ठाउँका बासिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ ।

    देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दाबढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो ।

    आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरु उडान अनिश्चित रहेका छन् ।

    अहिले आउन लागेको निकै शक्तिशाली भएकाले धेरै क्षति हुनसक्ने अनुमानसमेत गरिएको अधिकारीहरुले जनाएका छन् । एएनआई

    प्रतिक्रिया दिनुहोस्
    images
    images