images
images
  • नेपालमा मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै, कस्तो छ आजको मौसम पूर्वानुमान ?

    काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

    हाल देशका हिमाली भू–भागमा आंशिक बादल तथा पहाडी र तराईका भू–भागमा मौसम मुख्यतता सफा देखि आंशिक बादल लागेको छ ।

    त्यस्तै, आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । त्यसैगरी आज राति, देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images