images
images
  • कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा ल्याउन मन्त्रिपरिषद्‍मा प्रस्ताव

    काठमाडौं- सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन ल्याउने तयारी गरेको छ ।

    ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको बुझिएको छ ।

    मन्त्रिपरिषद्को बैठक आजै बोलाइएको छ । स्रोतका अनुसार हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गर्ने तयारी गरेको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images