images
images
  • काठमाडौंसहित यी क्षेत्रमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा हल्का भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव रहेकोले बदली भइरहेको हो ।

    दिउँसो केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । यस क्रममा प्रदेश १ र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images