images
images
  • बालाजु औद्योगिक क्षेत्रको एक विस्कुट उद्योगमा ‘भीषण’ आगलागी, आगो नियन्त्रणको प्रयास जारी

    काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।

    काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको एक बिस्कुट उद्योगमा बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

    आगो ८ दमकल, २ दर्जन पानी ट्यांकर, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण अझैसम्म खुल्न सकेको छैन ।

    विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images