images
images
  • भीमफेदीमा ईभी दुर्घटना हुँदा चार जनाको ज्यान गयो, चार जना घाइते (मृतक र घाइतको विवरणसहित)

    हेटौंडा– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

    काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुबाहक ईभी मंगलबार दिउँसो हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा दुर्घटनामा परेको हो ।

    प्राप्त जानकारी अनुसार सो गाडी सडकबाट करिब १ हजार मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको तथा दुई महिला र दुई पुरुष घाइते भएका छन् ।

    घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने एक महिलालाई उपचारका लागि हेटौंडा पठाइएको छ ।

    मृत्यु

    १. नर बहादुर सिंह ठकुरी (२४) । कावासोती–१, नवलपरासी पूर्व ।
    २. सुरज भट्टराई (४३) । धनुषाधाम–४, धनुषा ।
    ३. भुवनेश्वर साह कानु । छिपहरमाइ–२, टिहुकी, पर्सा ।
    ४. सरफरोस मियाँ (३२) । परवानीपुर–३, लिप्निमाल, बारा ।

    घाइते

    १. अमिर अन्सारी (२०) । कलैया–२४, बारा (चालक) । (काठमाडौंमा उपचार)
    २. राजकुमार स्याङतान (२३) । मकवानपुरगढी–१, मकवानपुर । (काठमाडौंमा उपचार)
    ३. कल्पना तामाङ (२३) । हेटौँडा–११, मकवानपुर । (काठमाडौंमा उपचार)
    ४. बबिया कुमारी यादव (२१) । महागढीमाई–११, बारा । (हेटौंडामा उपचार)

    प्रतिक्रिया दिनुहोस्
    images
    images