images
images
  • कृष्णभीरमा सडक भासिएपछि नयाँ ट्रयाक खोलेर परीक्षण गरियो, आगामी बिहीबारदेखि पूर्णरूपमा सञ्चालनमा आउने

    काठमाडौं– पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक भासिएपछि सरकारले नयाँ ट्रयाक खालेको छ ।

    केही दिनयता निरन्तरको प्रयासबाट हिजो आइतबार नयाँ ट्रायाक खुलाइएको हो । ट्रयाकमा हिजो सावारी आवागमन परीक्षण समेत गरिएको छ ।

    परीक्षण सफल भए पनि सडक स्तरोन्नति तथा सुरक्षासम्बन्धी बाँकी काम जारी रहेकाले आगामी असोज १ गतेदेखि मात्रै पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी सरकारको छ ।

    गत भदौ १० र १४ गते आएको बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको थियो । यातायात सञ्चालनका लागि विभागले आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरण परिचालन गरी नयाँ ट्रयाक निर्माण तथा सडक पुनर्स्थापनाको काम अघि बढाइरहेको छ ।

    निर्माणाधीन ट्रयाकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षणका क्रममा आइतबार काठमाडौँबाट चितवनतर्फ ग्यास बुलेटसहित करिब २० वटा सवारीसाधन सञ्चालन गरिएको थियो । त्यस्तै, चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारीसाधनसहित केही हलुका सवारीसाधन पनि सफलतापूर्वक पार गराइएको सडक विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images