images
images
  • हिमाली र पहाडी भू–भागमा हिमपात तथा केही प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । हाल देशभर साधारणतया बादल लागेको छ ।

    कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसोको मौसम

    देशभर साधारणतया बादल रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ ।

    देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्छ ।

    कोशी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आज रातिको मौसम

    देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ । पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्म वर्षा हुनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images