images
images
  • वरिष्ठ पत्रकार युवराज गौतमको अन्त्येष्टि आज

    काठमाडौं– वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा शनिबार निधन भएको छ ।

    श्वासप्रश्वासमा समस्या भएपछि बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल अस्पताल पुर्‍याइएका उनको उपचार सुरू गर्नुअघि नै निधन भएको बताइएको छ ।

    इलाममा सन् १९६० मा जन्मिएका गौतम गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक हुन् । पछिल्लो समय विभिन्न पत्रपत्रिकाहरूमा लेख लेख्दै आएका थिए ।

    स्वर्गीय गौतमको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । छोरी अध्ययनका लागि बेलायतमा रहेकाले अन्त्येष्टिमा ढिलाई भएको बताइएको छ ।

    स्वर्गी गौतमका पत्नी र एक छोरी छन् । अग्रज पत्रकार तथा लेखक गौतमप्रति विश्व खबर परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images