images
images
  • भोटेकोशी बाढीको कहालीलाग्दो तथ्याङ्क, ४०८९ जना अझै बेपत्ता, १३८६ शव फेला (विवरण)

    काठमाडौं– रसुवा भोटेकोशी बाढीसम्बन्धी खोज तथा उद्धार अभियानअन्तर्गत हालसम्म ४ हजार ८९ जना बेपत्ता रहेको तथ्यांक सार्वजनिक भएको छ ।

    नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्वदेशीतर्फ ३ हजार ४ सय ७९ र विदेशी नागरिकतर्फ ६१० जना बेपत्ता छन् ।

    बाढीमा १ हजार ३८६ जनाको शव फेला परेको छ । तीमध्ये ५४२ पुरुष, ३३४ महिला र ५१० जनाको पहिचान हुन बाँकी रहेको छ । पहिचान हुन बाँकीको आंशिक अंगमात्रै फेला परेका छन् ।

    यस्तै, शव व्यवस्थापनतर्फ हालसम्म १ हजार २१३ शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

    खोज तथा उद्धारका क्रममा ६ हजार ४०७ जना पुरुष, २ हजार ८३० महिला र ५० नखुलेकोसहित ९ हजार २८७ जनाको उद्धार गरिएको छ । उद्धारपछि २ हजार ७ सय ३९ जना होल्डिङ सेन्टरमा राखिएको विवरणमा उल्लेख छ ।

    बाढी प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रमसमेत तीव्र पारिएको छ ।

    800842579 1759905311877791 5751197215634130356 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images