images
images
  • दुई वर्षमा काठमाडौंमा मोनोरेल चलाउने घोषणा गरेका विद्यासुन्दरले चार वर्षमा नि भेटेनन् लगानीकर्ता

    काठमाडौं । स्थानीय तहको चुनावताका आयोजना हुने हरेक आमसभामा काठमाडौं महानगरवासीलाई दुई वर्षभित्रै मोनोरेल चलाउने आश्वासन बाँडेका विद्यासुन्दर शाक्यले चार वर्षसम्म लगानीकर्तासमेत नभेटेपछि पछिल्लो समय त्यसबारे चर्चा गर्नै छाडेका छन् ।

    तीन वर्षअघि चक्रपथमा मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार गरेको महानगरले लगानीका स्रोत नजुटेपछि घोषणा नै अलपत्र परेको छ । पछिल्लो समय काठमाडौं महानगरले नीति तथा कार्यक्रममा मोनोरेल समेटिन छाडेको छ ।

    शाक्यले मोनोरेललाई महत्वाकांक्षी योजनाका रुपमा चुनावी एजेन्डा बनाएका थिए । चुनावको समयमा मेयर शाक्यले विज्ञको प्रतिवेदनका आधारमा मोनोरेलको एजेन्डा बनाएको भन्न समेत पछि परेनन् ।

    महानगर प्रमुखका रुपमा शाक्यको कार्यकाल सकिन करिब १० महिना मात्र बाँकी छ । अब चक्रपथमा मोनोरेल गुडाउने घोषणापत्रमै सीमित हुने निश्चित भएको महानगरकै अधिकारी बताउँछन् । नयाँ पत्रिकामा समाचार छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images