images
images
  • पूर्वआईजीपीहरु प्रहरी एकडेमी सार्ने निर्णय उल्ट्याउन सक्रिय, प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापन पत्र

    काठमाडौं-राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकडेमी) लाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न माग गर्दै १५ जना पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

    बुधबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआईजीपीहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रहरी एकडेमी सार्ने निर्णयलाई उल्ट्याउन माग गरेका हुन् । जवाफमा देउवाले त्यस विषयमा छलफल गर्ने बताएको पूर्वआईजीपी ठाकुरप्रसाद ज्ञवालीले बताए ।

    नेपाल प्रहरीको इतिहास जोडिएको एकडेमीको अस्तित्व नरहने गरी सम्पूर्णरुपमा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने निर्णयले प्रहरीको मनोबललाई पनि असर गरेको भनेका छौं’ उनले भने, ‘यो जायज निर्णय नभएकाले सच्याइदिन आग्रह गरेका छौं ।’ ओली सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिप्याड बनाउने भन्दै प्रहरी एकडेमी काभ्रेमा सार्ने निर्णय २१ भदौ २०७५ मा गरेको थियो ।

    पूर्वआईजीपी मोतिलाल बोहोराले ओली सरकारले गरेको निर्णय अदूरदर्शी, अव्यवहारिक र पूर्णतः अवैज्ञानिक रहेको बताए । ‘प्रहरीका पूर्खाको रगत पसिनाले आर्जेको भौतिक सम्पत्ति राष्ट्रपति कार्याल्यको सुविधा बढाउन लागि सरकारले गरेको निर्णयले वहालवाला तथा लाखौं पूर्वप्रहरी कर्मचारीको भावनामा कुठाराघात गरेको छ’ उनले भने ।

     

    Former IGP pratibedan1 Former IGP pratibedan2 Former IGP pratibedan3 Former IGP pratibedan4 Former IGP pratibedan5

    प्रतिक्रिया दिनुहोस्
    images
    images