काठमाडौं– इलाममा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा माईजोगमाई गाउँपालिका–३ का ३८ वर्षीय बलबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, पाँचथरमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा डेरा गरी बस्ने भारत सिसवनिया–१ घर भएका २५ वर्षीय रामसुरत मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























