images
images
  • मदन पुरस्कार २०८२ ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई

    काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) लिखित ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकलाई प्रदान गर्ने घोषणा गरेको छ ।

    आइतबार गुठीका अध्यक्ष कुन्द दीक्षितले उत्कृष्ट १० कृतिमध्येबाट जोशीको पुस्तक मदन पुरस्कारका लागि छनोट गरिएको जानकारी दिए ।

    नेवार समुदायको परम्परागत मुकुन्डोनाचसँग सम्बन्धित संस्कृति, कला र परम्परालाई समेटिएको उक्त कृतिले यस वर्षको पुरस्कार प्राप्त गरेको हो ।

    २०७५ सालदेखि मदन पुरस्कारको राशि चार लाख रुपैयाँ कायम छ ।

    विसं..२०१२ मा स्थापित मदन पुरस्कार गुठीले २०१३ सालदेखि नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images