काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।
नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ जम्मा भएको छ ।
त्यसमध्ये सरकारले यसअघि एक अर्ब रुपैयाँ बाढीप्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।
नौ वटा वाणिज्य बैंकमा आठ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ रुपैयाँ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























