images
images
  • त्रिशूली थ्री ‘ए’ सुरुङभित्रबाट मानिसको आवाज सुनियो : सांसद न्यौपाने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले रसुवाको त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको बताएका छन् ।

    तनहुँ–२ का सांसद न्यौपानेका अनुसार उद्धारमा खटिएको नेपाली सेनाको टोलीबाट सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी प्राप्त भएको बताएका हुन् ।

    सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु उद्धारका लागि आशाजनक संकेत भएको न्यौपानेले उल्लेख गरेका छन् । उनले यसले सुरुङभित्र फसेकाहरूलाई सकुशल उद्धार गर्न सकिने आशा थपिएको बताएका छन् ।

    Screenshot 2026 09 04 083307

    प्रतिक्रिया दिनुहोस्
    images
    images