images
images
  • भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या १२५९ पुग्यो, सम्पर्कबिहीनको सङ्ख्या कति ?

    काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १२५९ जनाको शव फेला परेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १२५९ जनाको शव फेला परेको हो ।

    जसमा रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा २१२ जनाको शव फेला परेको छ ।

    अहिलेसम्म ९५ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।

    प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ५ हजार ८३ जना सम्पर्कबिहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवाका २१३०, नुवाकोटका २३४० र विदेशी नागरिक ५८३ रहेको विवरणमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images