images
images
  • स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको ठाडो निर्देशनमा कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्वर गौतम

    काठमाडौं-पछिल्लो समय लगातार विवादमा मुछिएपछि सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई हटाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा.जागेश्वर गौतमलाई हटाएको छ । स्वास्थ्य राज्यमन्त्रि उमेश श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा सोमबार राज्यमन्त्रिस्तरिय निर्णय गर्दै गौतमलाई हटाएका हुन् । मन्त्रीस्तरीय निर्णयका आधारमा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । डा.गौतमको ठाउँमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई पठाइएको छ ।

    स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा.गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेर वीर अस्पताल पठाएको थियो । यसैबीच स्वास्थ्य समन्वय शाखामा डा.विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने उनको ठाउँमा सार्क क्षयरोग केन्द्रकी डा. रीता जोशीलाई पठाइएको छ ।

    वीरको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको दिनदेखी नै गौतम उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा विवादमा आएका मुछिएका थिए । कर्मचारीले मागका विषयमा छलफल गर्न लागेको बेला पनि उनले प्रहरी प्रशासन लगाएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटाएको आरोप पनि छ ।

    बिचौलिया र अस्पतालका अल्छी डाक्टर-नर्सले मेरो सरूवा गरे: डाक्टर गौतमjageshwor gautam

    कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डाक्टर जागेश्वर गौतमको सरूवा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर सोमबार गौतमलाई थापाथलीस्थित प्रसुति तथा स्त्री रोग अस्पताल सरूवा गरेको हो। गौतमको ठाउँमा ट्रमा सेन्टरका डाक्टर रूद्र मरासिनीलाई पठाइएको छ।

    गत जेठ १० डाक्टर गौतमलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो।डाक्टर गौतमले आफूलाई काठमाडौंका निजी अस्पतालका बिचौलिया र अस्पतालकै अल्छी डाक्टर र कर्मचारीले सरूवा गरेको बताए। उनले आफूले वीर अस्पताललाई राम्रो बनाउन लाग्दा धेरैको आँखामा परेको बताए।

    ‘वीर अस्पतालमा २ सय आइसियू बेड थप्दा नै मेरो सरूवा हुन्छ भन्ने मलाई थाहा थियो। किनकी काठमाडौंमा निजी मेडिकल चलाएर बसेकाहरू वीर अस्पताल राम्रो होस् भन्ने चाहँदैनन्,’ उनले भने। अस्पतालकै अल्छी डाक्टर र कर्मचारीले पनि आफूलाई मन नपराएको उनको तर्क छ।

    ‘समयमा नआउने, गर्नुपर्ने काम नगर्नेहरूलाई मैले नियमित काममा आउनै पर्ने बनाएको थिएँ। जागिरमात्र खाइरहेकाहरूलाई काम गर्नुपर्दा गाह्रो भएको थियो। बिचौलिया र तिनै अल्छीहरूको स्वार्थ मिल्यो अनि मेरो सरूवा भयो,’ डाक्टर गौतमले भने।

    गौतमलाई १४ महिनाअघि प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय सरूवा गरिएको थियो। मन्त्रालयमा उनले प्रवक्ताको भूमिका पनि निर्वाह गरेका थिए। ‘प्रसुति अस्पतालमा राम्रो काम गरेको भनेर मलाई मन्त्रालय लगिएको थियो। त्यहाँ पनि मैले राम्रो काम गरें। युनिफाइड अस्पताल चलाउनु पनि कठिन थियो। यसले सक्छ भनेर नै मलाई पठाइएको थियो। त्यहाँ पनि मैले राम्रो काम गरिरहेको थिएँ,’ डाक्टर गौतमले भने,‘काम गर्दागर्दै सरूवा भयो। यहाँ काम नगर्नेले जागिर खाइरहन्छन्। काम गर्नेको सरूवा हुन्छ। यसमा मेरो भन्नु केही छैन।’

    उनले दुई महिना युनिफाइड अस्पतालमा आफूले गरेको कामको आफैंलाई मूल्यांकन गर्दा डिस्टिङ्सन आउने काम गरेको बताए। ‘अब सरकारले मलाई प्रशासनिक काम नगर अपरेशन गर भनेर फेरि प्रसुति अस्पतालमा पठाएको छ,’ डाक्टर गौतमले भने,‘म गाइनोको डाक्टर हो। अब दिदीबहिनीहरूको उपचार गर्छु।’

    वीरमा के–के गरे गौतमले ?health ministry
    गौतमको कार्यकालमा ११ सय बिरामी राख्न सक्ने गरी क्षमता बढाउने काम भएको थियो । बेडका आधारमा मिलाएर आईसीयू एचडीयू व्यवस्थापन समेत गरिएको थियो भने दुई सय बेड आईसीयू नै सञ्चालन गर्ने गरी अहिले उपकरण जडान गरिँदै थियो । यही सुधारको प्रयास थाल्दा आफ्नो दिनगन्ती सुरु भएको उनको बुझाइ छ ।

    ‘भेन्टिलेटर, बेड, मोनिटर जस्ता कुरा दुई सय बेडलाई नै पुग्नेगरी व्यवस्थापन गरिरहेका छौँ । नयाँ दरबन्दी थप हुँदै छ । वीर सबैभन्दा धेरै जनशक्ति, बेड र विशेषज्ञ सेवा प्रदान गर्ने अस्पताल हुन्छ । न महिनाअगाडि यहाँ आएको भए सबै पैसाको सामान किन्न सक्थेँ’, केही दिनअघि उनले भनेका थिए ।

    उनकै कार्यकालमा इन्डोस्कोपी मेसिन खरिद गरिएको थियो भने अल्ट्रासाउन्डलगायतको मेसिन पनि व्यवस्था गरिएको थियो । यस्तै वीरमा पुरानो एउटा अक्सिजन प्लान्ट थियो, नयाँ एउटा प्लान्ट राखेर २८५ लिटर अक्सिजन प्रतिदिन उत्पादन हुने व्यवस्था अहिले मिलाइएको छ । यस्तै २० टन क्यापासिटीको लिक्विड अक्सिजन राखिएको छ भने ६०० सिलिन्डर पनि थपिएको छ । कर्मचारीको अभाव पूर्ति गर्न १ हजार बढी दरबन्दी सिर्जना गर्दै समग्र बेथिति हटाउन पनि प्रयासरत थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images