images
images
  • रसुवा बाढीपीडितका लागि अस्ट्रेलियाबाट दीपक खड्काको ५१ लाख सहयोग

    सिड्नी-अस्ट्रेलियास्थित क्राउन इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालक इन्जिनियर दीपक खड्काले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५१ लाख रुपैयाँ सहयोग गरेका छन्। खड्काले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

    सिड्नीमा नेपाली सञ्चारमाध्यमसँग कुरा गर्दै खड्काले मातृभूमिमा विपद् आइपर्दा प्रवासमा रहेका नेपालीहरू पनि गहिरो पीडामा रहेको बताए। “मातृभूमिमा विपद् पर्दा हामी निकै दुःखी छौँ। यो हाम्रो तर्फबाट सामान्य मलम हो,” उनले भने।

    अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका लागि नेपालका पूर्वमहावाणिज्यदूतसमेत रहेका खड्काले नेपालमा हुने प्राकृतिक विपद्का बेला आफूले निरन्तर सहयोग गर्दै आएको बताए।

    रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उनले प्रवासमा रहेका नेपालीहरू विपद्को खबरले चिन्तित रहेको उल्लेख गरे। “प्रवासमा भएका हामी सबै नेपाली यो विपद्पछि निदाएका छैनौँ। हराएका हाम्रा प्रियजन सुरक्षित होऊन् भनेर प्रार्थना गरिरहेका छौँ,” खड्काले भने।

    उनले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सबै पक्षबाट सहयोग आवश्यक रहेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images