images
images
  • अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ २३ पैसा, कस्तो छ आजको विदेशी विनिमयदर ? (सूची)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा कायम भएको छ ।

    यस्तै, एक युरोको खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ ११ पैसा कायम भएको छ ।

    स्विस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा रहेको छ । अस्ट्रेलियन डलर १०८ रुपैयाँ ३२ पैसा खरिददर र १०८ रुपैयाँ ७५ पैसा बिक्रीदरमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा, सिंगापुर डलरको खरिददर ११९ रुपैयाँ ९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५६ पैसा रहेको छ ।

    १० जापानी येनको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा तोकिएको छ । चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६४ पैसा रहेको छ ।

    खाडी मुलुकतर्फ साउदी रियालको बिक्रीदर ४० रुपैयाँ ५५ पैसा, कतारी रियाल ४१ रुपैयाँ ७६ पैसा र यूएई दिराम ४१ रुपैयाँ ४५ पैसा रहेको छ ।

    त्यस्तै, मलेसियन रिङ्गिटको बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, दक्षिण कोरियन वन (१०० को) ११ रुपैयाँ ८ पैसा, स्विडिस क्रोनर १५ रुपैयाँ ८७ पैसा, डेनिस क्रोनर २३ रुपैयाँ ६१ पैसा र हङकङ डलर १९ रुपैयाँ ४१ पैसा रहेको छ ।

    यसैगरी, कुवेती दिनारको बिक्रीदर ४९५ रुपैयाँ ६२ पैसा, बहराइन दिनार ४०३ रुपैयाँ ७७ पैसा र ओमानी रियाल ३९५ रुपैयाँ ४० पैसा कायम भएको छ ।

    Currency ISO Currency Name Unit Buy Sell
    INR Indian Rupee 100 160.00 160.15
    USD U.S. Dollar 1 151.63 152.23
    EUR European Euro 1 175.78 176.48
    GBP UK Pound Sterling 1 205.30 206.11
    CHF Swiss Franc 1 187.23 187.97
    AUD Australian Dollar 1 108.32 108.75
    CAD Canadian Dollar 1 109.32 109.75
    SGD Singapore Dollar 1 119.09 119.56
    JPY Japanese Yen 10 9.47 9.51
    CNY Chinese Yuan 1 22.56 22.64
    SAR Saudi Arabian Riyal 1 40.39 40.55
    QAR Qatari Riyal 1 41.60 41.76
    THB Thai Baht 1 4.56 4.58
    AED UAE Dirham 1 41.29 41.45
    MYR Malaysian Ringgit 1 37.54 37.69
    KRW South Korean Won 100 11.04 11.08
    SEK Swedish Kroner 1 15.81 15.87
    DKK Danish Kroner 1 23.52 23.61
    HKD Hong Kong Dollar 1 19.34 19.41
    KWD Kuwaity Dinar 1 493.67 495.62
    BHD Bahrain Dinar 1 402.17 403.77
    OMR Omani Rial 1 393.84 395.40

    प्रतिक्रिया दिनुहोस्
    images
    images