images
images
  • प्रबासमा कोभिडबाट ४८६ नेपालीको मृत्यु: सबैभन्दा धेरै मलेसियामा

    काठमाडौँ- विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड-१९)का कारण विदेशी भूमिमा ४ सय ८६ जना नेपालीको मृत्यु भएको छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार २९ देशमा ४ सय ८६ जना नेपालीको मृत्यु भएको हो । संघका अनुसार पछिल्लो तीन सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ । मलेसियामा ३७ जना, इराक र युगान्डामा १र१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

    संघका अनुसार इराकमा पहिलो पटक कोरोनाका कारण नेपालीको ज्यान गएको छ । संघको स्वास्थ्य समितिका अनुसार हालसम्म ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भइसकेका छन् ।

    समितिका संयोजक डा। संजिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१।८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् । विगत दुई सातामा मलेसिया र भारतमा रहेका नेपालीमा कोरोना जोखिम देखिएको छ । कोरोना संक्रमण हुने क्रम बढेको संघले जनाएको छ ।

    गैरआवासीय नेपाली संघले कोरोना भाइरस महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको कोभिड १९ उच्चस्तरीय समितिका संयोजक चिरन शर्माले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images