images
images
  • सिंगापुरले नेपालका बाढीप्रभावितलाई सहयोग उपलब्ध गराउने

    काठमाडौं– सिंगापुरले नेपालका बाढीप्रभावितलाई सहयोग उपलब्ध गराउने भएको छ ।

    सिंगापुरका परराष्ट्रमन्त्री डा. भिभियन बालकृष्णनले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाललाई टेलिफोन गरी नेपालमा हालै आएको विपत्तिप्रति दु:ख व्यक्त गर्दै सहयोग उपलब्ध गराउने बताएका हुन् ।

    उनले नेपालको आवश्यकताअनुसार मानवीय सहायता उपलब्ध गराउन सिंगापुर तयार रहेको बताउँदै शव तथा बेपत्ता व्यक्ति पहिचानका लागि विशेषज्ञ टोली र ड्रोन सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छन् ।

    परराष्ट्रमन्त्री खनालले उनले कठिन परिस्थितिमा नेपाललाई महत्वपूर्ण सहयोग र समर्थन गरेकोमा सिंगापुर सरकार तथा जनताप्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images