काठमाडौं– कैलाश मानसरोवर यात्राका क्रममा नेपाल–चीन सीमा नजिकै रहेको रसुवाको टिमुरेबाट एक भारतीय महिला सम्पर्कविहीन भएपछि उनका परिवारजन चिन्तित बनेका छन् ।
भारतको मुम्बई निवासी वीणा भीमाजी कुलकर्णी र उनका साथीहरू बेपत्ता भएका हुन् ।
उनीसँग अन्तिमपटक २६ अगस्ट २०२६ बिहान ८:१५ बजे सम्पर्क भएको र त्यसबेला उनी रसुवाको टिमुरे क्षेत्रमा रहेको जानकारी प्राप्त भएको उनको परिवारले जनाएको छ । त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवारजनले उनको खोजी तथा अवस्थाबारे जानकारी उपलब्ध गराइदिन आग्रह गरेका छन् ।
सोही दिन बिहान त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ७०० जना भन्दा बढीको मृत्यु भइसकेको छ भने दुई हजार भन्दा बढी हराइरहेका छन् ।
वीणा कुलकर्णीबारे कुनै जानकारी प्राप्त हुने व्यक्ति वा संस्थाले सम्बन्धित परिवार वा यात्रा व्यवस्थापनमा संलग्न हिल्स एण्ड ट्रेल्स मुम्बई तथा रिचा टुर्स नेपाललाई जानकारी गराइदिन अनुरोध गरिएको छ ।
हाल बेलायतमा रहेका उनका दाजु ओशो सन्यासी स्वामी मदनले आफ्नी बहिनी वीणा कुलकर्णीको अवस्थाबारे कुनै जानकारी भए सम्बन्धित निकाय वा परिवारसम्म पुर्याउन सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् ।























