images
images
  • भोटेकोशी बाढीका कारण ५८९ जना विदेशीसहित अझै २,५०० जना सम्पर्कविहीन

    काठमाडौं– भोटेकोशी बाढीका कारण करिब २५ सय जना मानिस अझै वेपत्ता छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण दुई हजार ४९८ जना सम्पर्कविहीन भएका हुन् ।

    सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, रसुवाका ५२६, मकवानपुरका ६५ र नुवाकोटका ११५ जना रहेका छन् ।

    त्यस्तै, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

    यसैगरी, ५८९ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

    खोजी तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या थपघट हुन सक्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images