images
images
  • सरकारद्वारा बाढी प्रभावित क्षेत्रमा ड्रोन उडाउन प्रतिबन्ध, यस्तो छ कारण

    काठमाडौं– रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन उडान नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

    प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहतका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाली सेना, निजी क्षेत्रलगायतको समन्वयमा हेलिकप्टर निरन्तर परिचालन भइरहेका छन् । तर केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाइरहेको पाइएको छ ।

    अनधिकृत ड्रोन उडानले हवाई सुरक्षामा गम्भीर जोखिम निम्त्याउनुका साथै हेलिकप्टरमार्फत भइरहेको खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्न सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले ‘मानवरहित हवाई उपकरण ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५’ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह गरेको छ ।

    अनुमति नलिई ड्रोन उडाएमा वा उद्धार कार्यमा बाधा पुर्‍याएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्राधिकरणले स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images