काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढेको भए पनि हालसम्म ठूलो नभएको जनाइएको छ ।
बाढीको बहाव बढ्दै गएकाले रसुवा, नुवाकोट र धादिङसम्म नदी आसपासका तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका क्षेत्रमा रहेका स्थानीय बासिन्दा, यात्रु तथा अन्य सरोकारवालालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार भोटेकोशी नदीमा पानीको सतह तथा बहावमा थप वृद्धि हुन सक्ने भएकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्नसमेत आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्























