images
images
  • माधव कुमार नेपालले भने,‘विवाद मिले एमालेमा, नमिले सरकारमा’

    काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारका सहभागी हुन सत्ता गठबन्धनले पटकपटक एमाले नेता माधव कुमार नेपाललाई आग्रह गरेको छ।

    नेपालले विवाद मिले पार्टीमै रहने नत्र सरकारमा आउने सन्देश दिएका छन्। नेता नेपालले आइतबार प्रधानमन्त्री देउवालाई फोन गरेर मन्त्रिपरिषद् विस्तार रोक्न आग्रह गर्दै एमालेभित्रको विवाद मिल्ने अवस्थामा पुगेको र नमिले आफूहरू सरकारमा सहभागी हुने बताएका थिए।

    ‘आज एकदिन रोकिदिनुस्। हाम्रो विवाद मिल्ने अवस्थामा केन्द्रित छ । हेरौँ, मिल्यो भने सरकारमा आउँदैनौं’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो। देउवा आइतबार मन्त्रिपरिषद् विस्तारको तयारीमा थिए ।

    विवाद नमिले नेपाल पक्षका तीन नेता सरकारमा जान तयारी अवस्थामा रहेको स्रोतको दाबी छ। ओलीसँग असहमत नेताहरूले पनि देउवालाई भेटेर मन्त्री माग गरेको र उनीहरूले शनिबार साँझ नेपाललाई पनि भेटेर सरकारमा सहभागी हुन दबाब दिएका थिए। आजको नागिरक दैनिकमा समाचार छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images