images
images
  • राहत वितरणमा ‘एकद्वार प्रणाली’ आवश्यक छैन : मन्त्री महावीर पुन

    काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्‍याउन ‘एकद्वार प्रणाली’ आवश्यक नरहेको बताएका छन् ।

    मन्त्री पुनले सामाजिक सञ्जालमार्फत मौसम राम्रो भए रसुवाको उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकामा दुईवटा एमआई–१६ हेलिकप्टरमार्फत खाद्य सामग्री पठाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

    ठूला हेलिकप्टर जान नसक्ने स्थानमा साना हेलिकप्टरमार्फत खाना तथा अन्य उद्धार सामग्री निरन्तर पुर्‍याइने र अन्नपूर्णसम्म पुग्ने वैकल्पिक बाटोबाट जिपमार्फत पनि सामग्री लैजाने तयारी भइरहेको उनले बताएका छन् ।

    उनले कुनै संस्था वा समूहले उद्धार सामग्री लिएर आफैं वितरण गर्न सक्ने उल्लेख गर्दै राहत वितरणमा विगतका अभ्यासभन्दा फरक धारणा अघि सारेका हुन् । ‘त्यसको लागि एकद्वार प्रणाली चाहिँदैन’ भन्दै पुनले आवश्यक सामग्री तत्काल प्रभावितसम्म पुर्‍याउन विभिन्न संस्था तथा समूहलाई आफ्नै तर्फबाट सहयोग र वितरण गर्न सकिने स्पष्ट गरेका छन् ।

    रसुवामा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउने विषयमा सरकारी निकायले एकद्वार प्रणाली अपनाउने तयारी गरिरहेका बेला मन्त्री पुनको यस्तो धारणा आएको हो । सरकारले भने रसुवा बाढी प्रभावितका लागि राहत संकलनमा एकद्वार प्रणाली सञ्चालनमा ल्याएको छ ।

    Screenshot 2026 08 29 074111

    प्रतिक्रिया दिनुहोस्
    images
    images