images
images
  • बलाधिकृत रथी प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त

    काठमाडौं- नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शर्मालाई साउन २६ देखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

    मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार उनलाई कायममुकायम प्रधानसेनापति तोकिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति छिन् ।

    सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा प्रधानसेनापति महारथी पूर्णचन्द्र बिदामा बसेको र पदावधि सकिन लागेकाले शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरिएको भनिएको छ ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षीय पदावधि आगामी भदौ २४ गतेदेखि समाप्त हुँदैछ । उनले अनिवार्य अवकाश पाउने हुँदा साउन २५ गतेदेखि घर बिदा बस्ने भएकाले ज्येष्ठताका क्रममा रहेका शर्मालाई कायममुकायम तोकिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

    Bigepti

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images