images
images
  • भोटेकोशी बाढीबाट एनआईएमबी बैंकका ७ कर्मचारी सम्पर्कविहीन

    काठमाडौं-रसुवामा बुधबार आएको भीषण बाढीका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का सात कर्मचारी सम्पर्कविहीन भएका छन्।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अनुसार रसुवास्थित स्याफ्रुबेसी शाखामा कार्यरत पाँच जना, टिमुरे शाखाका एक जना र मैलुङ एक्स्टेन्सन काउन्टरका एक जना कर्मचारी बाढीपछि सम्पर्कविहीन भएका हुन्।

    सम्पर्कविहीन हुनेमा स्याफ्रुबेसी शाखाका शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीमबहादुर खड्का रहेका छन्। त्यस्तै, टिमुरे शाखामा कार्यरत डोल्मा लामा र मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत मुकेश खड्का पनि बाढीपछि सम्पर्कविहीन रहेको बैंकले जनाएको छ।

    बाढीका कारण रसुवाको स्याफ्रुबेसी, टिमुरे, मैलुङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा सडक तथा पुलमा क्षति पुगेकाले उद्धार तथा सम्पर्क स्थापनामा समेत कठिनाइ भइरहेको छ। बैंकले सम्पर्कविहीन कर्मचारीहरूको अवस्थाबारे खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images