images
images
  • मेलम्चीको भीषण बाढी: गृहमन्त्रीद्वारा विज्ञसहितको टोली पठाउन पठाउन निर्देशन

    काठमाडौं । शनिबार रातिबाट मेलम्ची नदीमा आएको बाढीले हेलम्बुका ११ वटा घर बगाएको छ ।
    बाढीले नदी आसपास रहेका ४ पक्की घर र ६ कच्ची घर बगाएको हो ।

    हेलम्बु २ किउलका ४ घर गैरीबेसीमा १ घर, ग्याल्थुममा १ घर, चनौटेका १, चिउरीखर्कमा ३ घर र ढुंगे बजारमा १ घर गरी १० घर बाढीले बगाएको हो ।

    बाढीले हेलम्बु गाउापालिका वडा नम्बर ३ र ४ जोड्ने झोलुङ्गे पुल बगाएको छ । यस्तै रातो पक्की पुल पनि बाढीले बगाएको स्थानीय शिव देउजाले जानकारी दिनुभयो ।

    त्यस्तै क्युलमा रहेको पाल्चोकी माई फर्निचर उद्योग पनि बाढीले बगाएको छ । मेलम्ची खोलाले बगाई लगेको । त्यस्तै रेडियो मेलम्चीको भवन पनि बाढीले बगाएको स्थानीयले बताएका छन् । यसैबीच गृहमन्त्री बालकृष्ण खाँडले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिएका छन् ।

    पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिइयो अनिल पाखेरलेलाई गृहमन्त्री खाँडले निर्देशन दिनुभएको बागमती प्रदेश सभा सदस्य निमा लामाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images