काठमाडौं– खाना पकाउने ग्यास अभाव भएका उपभोक्ताका लागि काठमाडौँका सात स्थानबाट आज ग्यास सिलिन्डर बिक्री गरिने भएको छ ।
नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा विभिन्न ग्यास उद्योगका सिलिन्डर बिक्री गर्न लागिएको हो ।
निगमले ग्यास आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित बिक्री–वितरण गरिरहेको जनाएको छ ।
बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका र अत्यावश्यक भएका उपभोक्ताले मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका स्थानमा पुगेर ग्यास खरिद गर्न सक्नेछन् ।
निगमले अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई मात्र उक्त बिक्री केन्द्रबाट ग्यास खरिद गर्न आग्रह गरेको छ ।
कहाँ–कहाँबाट वितरण गरिन्छ ? हेर्नुहोस् पूर्ण विवरण–

प्रतिक्रिया दिनुहोस्























