images
images
  • यस्ता छन् एसएसबीको पछिल्ला शृंखलाबद्ध सात ज्यादती !

    काठमाडौ-दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा पर्ने महाकाली नदीमा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी)ले तुइन काटेर नदीमा खसालिदिएपछि तुइन तरिरहेका एक नेपाली खसेर बेपत्ता भएका छन्। ब्यास-२ का ३३ वर्षीय जयसिंह धामीको शुक्रबार बिहान महाकाली नदीको भेलमा बेपत्ता भएका हुन् ।

    नेपाल भारत सीमामा पछिल्ला समय भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीको ज्यादती दिनप्रति दिन बढ्दै गएको छ । नेपाली भुमी अतिक्रमण सामान्य जस्तै भईसकेको छ।

    यस्ता छन् सीमामा एसएसबीको शृंखलाबद्ध ज्यादती

    -आफ्नै भूमिमा कल्भर्ट बनाउँदा कञ्चनपुरमा एसएसबीको गोलीबाट गोविन्द गौतमको ज्यान गयो

    -सीमा मिचेको विरोध गर्दा तीन दशकअघि सप्तरीको लालापट्टीमा गोली हानेर किसुनदेव यादवको हत्या

    -९ मंसिर ०७२ मा सुनसरीको हरिपुरस्थित दसगजा क्षेत्रमा एसएसबीले गोली चलाएर स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादवलाई घाइते बनायो ।

    -एसएसबीले मोरङको अमाहिवरियातीस्थित प्रहरी चौकीका हवल्दार शम्भु चौधरीको हत्या प्रयास गर्‍यो, उनलाई जोगाउन गएका धनपालथान गाउँपालिकाका वासुदेव साहको एसएसबीको गोलीबाट ज्यान गयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images