images
images
  • बालुवाटारमा राणा शासन!

    काठमाडौं- घरपरिवारले शेरबहादुर देउवासँग बिहे गर्न धेरै कर गरेपछि त्यो बेला आरजु राणाले एउटा शर्त तेर्स्याइन्९ ‘बिहे गरेर म गृहणी भएर बस्न सक्दिनँ। तर अरू व्यवस्थापनचाहिँ गर्नसक्छु।’

    त्यो २०४९ सालतिरको कुरा थियो। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शेरबहादुर देउवा गृहमन्त्री भइसकेका थिए। देउवाले आरजुको त्यो प्रस्ताव सजिलै स्वीकार गरिदिए।

    दुई वर्षअघि देउवाले गरेको प्रस्ताव त्यसपछि बिहेमा परिणत भयो। भनेजस्तै भो १ आरजु कहिलै गृहणी अनि देउवाकी ‘पत्नी’मात्रै बनेर ‘गुमनाम’ भइनन्।

    २०५२ सालमा शेरबहादुर देउवा पहिलोपल्ट प्रधानमन्त्री भए। आरजुले आफू काम गर्दै आएको आइएनजिओको जागिर छोडिन्।
    त्यसपछि पनि उनले केही एनजिओहरूको नेतृत्वमा रहिन्। महिला र बालबालिकाको क्षेत्रमा काम गरिन्। तर, ती पाइला विस्तारै राजनीतितिर बढ्दै गए। अन्ततस् उनी २०५३ सालदेखि नेपाली कांग्रेसमा सक्रिय भइन् र शेरबहादुरका राजनीतिक पदचाप पछ्याइन्। र, ती पदचापहरू अहिले यति धेरै शक्त्तिशाली भइसकेका छन् कि, ‘आरजु देउवा’ नेपाली कांग्रेसभित्रको अर्को एउटा ‘महाशक्ति’ भइसकेको छ।

    नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जुलिया चाङले जुराइदिएको त्यो लगनगाँठो आरजुको राजनीतिक जीवनका लागि एउटा ‘कोशेढुङ्गो’ भइदियो। जुद्ध समशेर राणा खलकमा हुर्के बढेकी आरजुकी आमा प्रतिभा राणा पनि त्यो बेला राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०की नेता थिइन्। प्रतिभाको घरमा राजदूत जुलियाको आउजाउ निकै बाक्लो थियो। र, आरजुको बिहेका लागि उनले नै चाँजोपाँचो मिलाइदिइन्।

    शक्तिशाली छाँया

    सन् १९६२को जनवरी २६मा जन्मिएकी आरजुले काठमाडौंकै सेन्टमेरिज स्कुलमा पढेकी हुन्। उच्च शिक्षा भने उनले भारतबाटै गरिन्। भारतको पञ्जाव विश्वविद्यालयबाटै उनले ‘मनोविज्ञान’मा पिएचडी गरिन्। त्यसपछि उनले एउटा आइएनजिओ(आइयुसिएन)काम गर्थिन्। त्यही बेला उनको शेरबहादुर देउवासँग भेट भयो।

    राणा खानदान अनि शिक्षित। उनी आफैमा एक ‘शक्तिशाली’ महिला त हुन् नै। जीवनको यो लगनगाँठो आरजुका लागि मात्रै होइन, देउवाको राजनीतिक जीवनमा पनि धेरै ‘फलिफाप’ भयो।

    डडेल्धुराको एउटा गाउँबाट काठमाडौं छिरेका देउवा अहिले आफ्नो जीवनकालमा पाँचौं पटक प्रधानमन्त्री भइसकेका छन्। पार्टीभित्रै र आफ्नै खलकमा पनि सबैभन्दा ‘भाग्यमानी’ सन्तानका रुपमा चिनिने देउवाको राजनीतिक यात्रा अबिराम अपराजित रह्यो।

    आफ्नो क्षेत्रबाट उनले कहिलै चुनाव हारेका छैनन्। गिरिजाप्रसादसँगको लफडापछि कांग्रेस नै फुटाएर हिँडे। तै पनि प्रधानमन्त्री भए। फेरि कांग्रेसलाई एक बनाए अनि फेरि पार्टीको नेतृत्वमा हाबी भए। फेरि पनि प्रधानमन्त्री भए। राजाको सक्रिय शासन होस् वा गणतन्त्रात्क व्यवस्था उनी प्रधानमन्त्री भइरहे। राजनीतिको नेतृत्वमा रहिरहे।

    देउवाको यो अविराम सफलताको जस भने आरजुले राम्रैसँग लिन सकिन्। २०६१ सालमा कांग्रेस महाधिवेशन सदस्य भएपछि उनका राजनीतिक पाइला अझै दरिला भए। २०६४ र २०७० को दोस्रो संविधानसभामा दुईपटक नै उनी कांग्रेसका तर्फबाट समानुपातिक सांसद भइन्।

    २०७४ सालको आम निर्वाचनमा त उनका लागि देउवाले कैलालीको चुनावी क्षेत्र नै छोडिदिए। त्यसअघि कैलालीको त्यही ठाउँबाट शेरबहादुर देउवा नै लडेका थिए। उनी त्यो बेला डडेल्धुराबाट पनि चुनाव लडेका थिए। दुबै ठाउँबाट जितेपछि उनले कैलाली भने छोडे।

    शेरबहादुरको अपराजित चुनावी पाइला पछ्याउँदै गएकी आरजुले त्यो चुनाव भने जित्न सकिनन्। पार्टीभित्रैको असन्तुष्टि अनि एमाले र माओवादी गठबन्धन उनका लागि निकै भारी पर्‌यो। नेकपाको त्यो गठबन्धनबाट उम्मेदवार भएका नारदमुनि राना थारू २७ हजार २ सय २ मत ल्याएर चुनाव जिते। आरजुले २२ हजार ३ सय २२ मत ल्याइन्।

    उनकै पार्टीका स्थानीय नेता९कार्यकर्ताले ‘टुरिष्ट क्यान्डिडेट’ अर्थात् ‘पर्यटक उम्मेदवार’ भनेर आलोचना गरेपछि आरजुले कैलालीको धनगढीमा ३ करोडमा एउटा घर नै किनिदिइन्। उनलाई देखाउनु थियो म पनि यहीँको वासिन्दा हुँ। तै पनि उनको चुनावी यात्रा सफल हुन सकेन। आरजुमात्रै होइन, पराजित भएको त्यो चुनावी परिणाम शेरबहादुर देउवाको राजनीतिक जीवनका लागि समेत एउटा ठूलो धक्का थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images