काठमाडौं– निरन्तरको वर्षापछि मादीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा पुल बगाएको छ ।
पुल बगाउँदा तीन जना मानिस फसेको र उनीहरूको उद्धार प्रयास भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
एक जना सन्त पुजारी र दुई जना भक्तजन गरी ३ जना मन्दिरमा फसेको र उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट ४ जना रोप रेस्क्यु र ३ जना गोताखोर सहितको उद्दारटोली घटनास्थल पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्























