images
images
  • मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा राय सुझाव माग

    काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनर्स्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथि सार्वजनिक राय, सुझाव तथा टिप्पणी माग गरेको छ ।

    मन्त्रालयले विधेयकसम्बन्धी राय, सुझाव वा टिप्पणी भए निर्धारित ढाँचामा उपलब्ध गराउन आग्रह गरेको हो ।

    मन्त्रालयको कानून शाखाले सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणलाई विधेयकको मस्यौदा अध्ययन गरी सुझाव पठाउन आह्वान गरेको हो ।

    मन्त्रालयका अनुसार प्राप्त हुने राय, सुझाव तथा टिप्पणीलाई विधेयकको मस्यौदा परिमार्जन तथा आवश्यक कानूनी प्रक्रिया अघि बढाउने क्रममा समेटिनेछ ।

    मन्त्रालयले तोकेको ७ दिनको समयसीमा अर्थात् भदौ ३ गतेसम्म राय, सुझाव वा टिप्पणी पठाउनुपर्ने छ । सुझावहरू मन्त्रालयको कानून शाखाको इमेलमा पठाउन सकिने जानकारी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images