काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिले निर्वाचित भएका छन् ।
जसपा पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिएका हुन्।
नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय यादव थिए।सो दलको शनिबार बसेको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रियसभाका दुई सांसद उपस्थित थिए।
निर्वाचन आयोगले यादवले नेतृत्व गरेका जसपालाई आधिकारिता प्रदान गरिसकेको छ। आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो। दलको बैठकमा ३२ मध्ये २१ सांसदको उपस्थिति रहेको थियो ।
निर्वाचन आयोगले यादवले नेतृत्व गरेएको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्